News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

झुलेनी नेटवर्क२०८१ बैशाख १६
८९६ पटक
२०८१ बैशाख १६

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको छ । बन कार्यालय प्यूठानका सहायक बन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी ४ बाट १ जना, प्यूठान नगरपालिका ४ बाट १ जना र ऐरावती ५ बाट १ जनालाई पक्राउ गरि मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका १० बाट १ जनालाई पक्राउगरि अनुसन्धानको लागि नियन्तत्रणमा लिएको छ ।

कार्यालयकाअनुसार पछिल्लो केहिदिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । बन कार्यालयको अनुसार ७९ सामुदायिक बनमा आगलागी भएको छ । एउटा सामुदायिक बनले आगलागी गरेको भन्दै १ जना स्थानीयलाई ६५ हजार जरिबाना समेत गराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।
आगलागी हुन नदिनको लागि विभिन्न स्थानमा सुराकी परिचालन,प्रचार प्रसार, पालिकास्तरमा आगलागी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए ।

चैत्र यता बैशाख १६ गतेसम्म जिल्ला भरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट ५० घर, ७९ गोठ जलेका छन् । यसबाट १ सय ११ पशुचौपायाको जलेर मृत्यु भएको छ । भने, १९ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...