News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

बिबश जि.एम२०८१ बैशाख २७
४७८ पटक
२०८१ बैशाख २७

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत ज्याक प्लान्ट उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सहकारीले प्रस्ताव पेश गरे अनुसारको पालिकाको आर्थिक सहयोगमा उक्त ज्याक प्लान्ट खरीद गरी कृषकहरुलाई वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा ४ नं वडाध्यक्ष चिन्त सोमै मगरले जानकारी दिए ।

पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि ट्याक्टरले जोड्दा छरेका मकैका बेर्नाहरु एक ठाउँमा मात्र सिमित हुने भएकाले त्यसका लागि मकैको बिउ छर्न ज्याक प्लान्टले सहज हुने भन्दै उक्त सामाग्री वितरण गरिएको छ । मकैको बिउ सँगै त्यस उपकरणले यूरिया मल, डियपी समेत राख्न सहजिकरण गर्ने भएकाले पनि त्यसबाट किसानलाई सहज हुने बताईएको छ ।

त्यस्तै सरुमारानी गाउँपालिका १ मा रहेको बाङ्गेसाल साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई समेत केही दिनमा सो उपकरण वितरण गरिने गाउँपालिका प्रवक्ता सोमैको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...