News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

बिबश जि.एम२०८१ बैशाख २७
७२३ पटक
२०८१ बैशाख २७

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत ज्याक प्लान्ट उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सहकारीले प्रस्ताव पेश गरे अनुसारको पालिकाको आर्थिक सहयोगमा उक्त ज्याक प्लान्ट खरीद गरी कृषकहरुलाई वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा ४ नं वडाध्यक्ष चिन्त सोमै मगरले जानकारी दिए ।

पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि ट्याक्टरले जोड्दा छरेका मकैका बेर्नाहरु एक ठाउँमा मात्र सिमित हुने भएकाले त्यसका लागि मकैको बिउ छर्न ज्याक प्लान्टले सहज हुने भन्दै उक्त सामाग्री वितरण गरिएको छ । मकैको बिउ सँगै त्यस उपकरणले यूरिया मल, डियपी समेत राख्न सहजिकरण गर्ने भएकाले पनि त्यसबाट किसानलाई सहज हुने बताईएको छ ।

त्यस्तै सरुमारानी गाउँपालिका १ मा रहेको बाङ्गेसाल साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई समेत केही दिनमा सो उपकरण वितरण गरिने गाउँपालिका प्रवक्ता सोमैको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...