News Portal

रेडियो सुन्नुहोस्

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

बिबश जि.एम२०८१ बैशाख ३१
१३१४ पटक
२०८१ बैशाख ३१

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको क्वानकीडो संघको कार्यसमिति गठन कार्यक्रममा बोल्दै सांसद शर्माले खेलकुद राष्ट्रको गहना सहित स्वास्थ्यको लागि एक महत्वपूर्ण भएको बताएका हुन् ।

खेल क्षेत्रले देशको पहिचान सहित आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न पनि सहयोग गर्ने बताउँदै सांसद शर्माले यसलाई सरकारले विशेष चासोका साथ हेर्न आवश्यक रहेको बताए । साथै हरेक क्षेत्रमा सकारात्मक सोच हुन पनि जरुरी रहेको उनले उल्लेख गरे ।

सोमबार भएको क्वानकीडो संघको कार्यसमिति गठनबाट अध्यक्षमा निम बहादुर खत्री चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा जीवन पुन मगर (मल्लरानी गाउँपालिका), उपाध्यक्ष समिर खड्का (प्यूठान नगरपालिका), सचिव मनविर घर्ती मगर (नौबहिनी गाउँपालिका), सह–सचिव सरीता गिरी (झिमरुक गाउँपालिका), कोषाध्यक्ष लोकेन्द्र के.सी (गौमुखी गाउँपालिका) रहेका छन् ।

सदस्यहरुमा लक्ष्मी रोका क्षेत्री (स्वर्गद्वारी नगरपालिका), शिवराम पुन मगर (प्यूठान नगरपालिका) र हिमाल पुन मगर (सरुमारानी गाउँपालिका) छन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति प्यूठानका कार्यालय प्रमुख गोविन्दराज पण्डित, इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चन्द्रकान्त अधिकारी, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाकी उपप्रध्यापक विमला खनाल, अनेरास्ववियू प्यूठानका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेपाल क्वानकिडो संघका केन्द्रिय महासचिव टेकराज के.सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका केन्द्रिय सदस्य यमराज पाठकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव प्रेम पुन मगरले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...