News Portal

रेडियो सुन्नुहोस्

प्युठानको भिग्रीमा कृषि मेला

सागर रिजालप्युठान,२६ मंसिर
१६४८ पटक
प्युठान,२६ मंसिर

स्वर्गद्धारी नगरपालिका भिग्रीमा कृषि प्रदशनि मेला सञ्चालन भएको छ । बुधवार मेलाको जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै थापाले जिल्लालाई कृषि क्षेत्रका अग्र स्थानमा राख्नका लागि यो महोत्सव महत्वपूर्ण भएको बताउनुभयो ।नेपाल कृषि प्रदान देश हो । उहाँले भन्नुभयो,–‘मेला मार्फत स्वर्गद्धारी नगरपालिकाले झझल्को देखाएको छ । ’
कृषि क्षेत्रमा राम्रो सम्भावना भएको यस क्षेत्रमा मेला सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस क्षेत्रमा कृषिको आधुनिकिरण गरेमा नगरनै समृद्ध हुन्छ । ’ नगरपालिकालाई समृद्ध बनाउन निर्वाचित जनप्रतिनिधिहरु हातेमालो गरेर अगाडी वढनुपर्ने उहाँको भनाई छ ।
स्वर्गद्धारी नगरपालिकाको विकास र समृद्धका लागि मेला सञ्चालन गरेको नगरप्रमुख नेत्र बहादुर रोकायले बताउनुभयो । उहाँले भन्नुभयो,–‘नगरक्षेत्रका किसानहरु निर्वाहमुखी नभएर व्यवसायिकमुखी बन्नुपर्छ ।’
स्वर्गद्धारी नगरपालिका कृषि विकास शाखाको आयोजना तथा फुलबारी एकिकृत ग्रामिण विकास संस्था गोल परियोजनाको सहकार्यमा सञ्चालन भएको कृषि मेलामा मंगलबार स्टल दर्ता गरिएको हो । २७ गते सम्म चल्ने मेलामा ९५ जना किसानले २ सय १५ वटा उन्नत जातका कृषि उत्पादन बस्तुहरु प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...