News Portal

रेडियो सुन्नुहोस्

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

बिबश जि.एम२०८१ जेष्ठ १४
५७१ पटक
२०८१ जेष्ठ १४

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन भएको यूवा क्लबको मागलाई सम्बोधन गर्दै १० र १२ का परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार वडामा बजेट नभएपनि आफुले पाउने सेवासुविधाको केही हिस्सा छुट्याई तालिम सञ्चालन गरिएको हो ।

माण्डवी मा.विमा प्राविधिक धारतर्फको पढाई हुने भएकाले पनि तालिम सञ्चालनको लागि सहज पुग्ने अध्यक्ष कार्कीको भनाई छ । आवश्यकताको आधारमा विद्यार्थीहरुको सीप सिक्ने वातावरणलाई व्यवस्था गरिएको भन्दै अभिभावकले वडाध्यक्षको कामप्रति राम्रो प्रतिकृया दिएका छन् ।

सोमबार देखि औपचारिक रुपमा तालिमको उद्घाटन भएको वडाध्यक्ष कार्कीले जानकारी दिए । कक्षा सञ्चालन माण्डवी मा.वि नयाँ गाउँमा साझ साढे ४ बजेदेखि हुने बताईएको छ । तालिमको प्रशिक्षकमा दिवाकर नुनिया रहेका छन् ।

माण्डवी गाउँपालिका ३ नं वडाका यूवा क्लबको आयोजनामा भएको तालिमको आर्थिक सहयोग वडाध्यक्ष धनेन्द्र कार्की, व्यवस्थपकीय सहयोगमा माण्डवी मा.वि रहेको छ ।

माण्डवी गाउँपालिका ३ का यूवा क्लबका अध्यक्ष अभिषेश रसाईलीको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि वडाध्यक्ष धनेन्द्र कार्की रहेका थिए । उद्घाटन तालिममा माण्डवी मा.विका शिक्षक, वडा सदस्य, वडा सचीव लगायत, विद्यार्थीको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले...

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...