News Portal

रेडियो सुन्नुहोस्

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

बिबश जि.एम२०८१ जेष्ठ १४
१२३३ पटक
२०८१ जेष्ठ १४

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन भएको यूवा क्लबको मागलाई सम्बोधन गर्दै १० र १२ का परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार वडामा बजेट नभएपनि आफुले पाउने सेवासुविधाको केही हिस्सा छुट्याई तालिम सञ्चालन गरिएको हो ।

माण्डवी मा.विमा प्राविधिक धारतर्फको पढाई हुने भएकाले पनि तालिम सञ्चालनको लागि सहज पुग्ने अध्यक्ष कार्कीको भनाई छ । आवश्यकताको आधारमा विद्यार्थीहरुको सीप सिक्ने वातावरणलाई व्यवस्था गरिएको भन्दै अभिभावकले वडाध्यक्षको कामप्रति राम्रो प्रतिकृया दिएका छन् ।

सोमबार देखि औपचारिक रुपमा तालिमको उद्घाटन भएको वडाध्यक्ष कार्कीले जानकारी दिए । कक्षा सञ्चालन माण्डवी मा.वि नयाँ गाउँमा साझ साढे ४ बजेदेखि हुने बताईएको छ । तालिमको प्रशिक्षकमा दिवाकर नुनिया रहेका छन् ।

माण्डवी गाउँपालिका ३ नं वडाका यूवा क्लबको आयोजनामा भएको तालिमको आर्थिक सहयोग वडाध्यक्ष धनेन्द्र कार्की, व्यवस्थपकीय सहयोगमा माण्डवी मा.वि रहेको छ ।

माण्डवी गाउँपालिका ३ का यूवा क्लबका अध्यक्ष अभिषेश रसाईलीको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि वडाध्यक्ष धनेन्द्र कार्की रहेका थिए । उद्घाटन तालिममा माण्डवी मा.विका शिक्षक, वडा सदस्य, वडा सचीव लगायत, विद्यार्थीको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...