News Portal

रेडियो सुन्नुहोस्

जन्ति नै दुर्घटनाको कारण मलामि जानुपर्ने भएपछी गाँउपालीका नै सोकमग्न

२७ मंसिर, प्यूठान
१३०५ पटक
२७ मंसिर, प्यूठान

वेहुलि लिएर फर्कदै गर्दा बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ ।

चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसीसहित ६ जनाको निधन भएको छ। यो घटनाले गाउँपालीका नै सोकमग्न भएको छ।

बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु मृतकको घरमा पुगेका छन् ।

मृतक मानबहादुर शम्शेरगञ्जमा रहेको माध्यमिक विद्यालयको शिक्षक हुन । शोकमा आज विद्यालय पनि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि शर्माले गाउँलेहरुले सोच्दै नसोचेको घटना भएको भन्दै गाउँ नै शोकमग्न भएको बताए ।

चितवनबाट बेहुली लिएर फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए ।

मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्‍यो । बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए । गाडीका चालकले गाडीको माला निकाल्न लागेपछि मात्रै दुर्घटनाको बारेमा दुलाहा यमबहादुर खत्री र बेहलुी लक्ष्मीलगायत अन्यले जानकारी पाएका हुन् ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्टमार्टम गरी राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

source: ujyaaloonline

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...