News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बोम बहादुर परियार २०८१ जेठ ३२
५५१ पटक
२०८१ जेठ ३२

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११ बजेको समयमा ऐरावती गाउँपालिका बिजुली काल्ने निवासी ७१ बर्षिय बृद्ध मंगलसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलले जानकारी दिए । उनका अनुसार घर नजिकै रहेको हाडीखोला माथीको पखेरामा गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरिरहेको पोख्रेलको भनाई छ । पोष्टमार्टमको लागि प्यूठान अस्पतालबाट डा. राजेन्द्र पौडेल सहितको टिम घटना स्थल जाने तयारीमा रहेको छ ।

घटनाको प्रकृति हेर्दा छारे रोगको विरामी रहेको र रिंगटा लागेर भिरबाट लडेर मृत्यु भएको हुन सक्ने स्वास्थ्य चौकी प्रमुख पोख्रेलले जानकारी दिए । भिरदेखि करिब एक सयम मिटर तल खसेर उनको मृत्यु भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...