News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बोम बहादुर परियार २०८१ जेठ ३२
७४९ पटक
२०८१ जेठ ३२

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११ बजेको समयमा ऐरावती गाउँपालिका बिजुली काल्ने निवासी ७१ बर्षिय बृद्ध मंगलसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलले जानकारी दिए । उनका अनुसार घर नजिकै रहेको हाडीखोला माथीको पखेरामा गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरिरहेको पोख्रेलको भनाई छ । पोष्टमार्टमको लागि प्यूठान अस्पतालबाट डा. राजेन्द्र पौडेल सहितको टिम घटना स्थल जाने तयारीमा रहेको छ ।

घटनाको प्रकृति हेर्दा छारे रोगको विरामी रहेको र रिंगटा लागेर भिरबाट लडेर मृत्यु भएको हुन सक्ने स्वास्थ्य चौकी प्रमुख पोख्रेलले जानकारी दिए । भिरदेखि करिब एक सयम मिटर तल खसेर उनको मृत्यु भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...