News Portal

रेडियो सुन्नुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

बिबश जि.एम२०८१ असार ४
५६७ पटक
२०८१ असार ४

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको श्रावणदेखि वैशाख महिनासम्म १ सय २४ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक बर्षको वैशाख महिनासम्म माण्डवी गाउँपालिकामा घरमा हुने सुत्केरी शुन्य रहेको पालिकामा कार्यरत सिनियर अहेव नारायण जि.सी ले बताए ।

घरमा हुने सुत्केरीलाई शुन्यमा ल्याउन र सुत्केरीको अवस्थालाई सहज बनाउनको लागि पनि गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नै संस्थागत सुत्केरीलाई जोड दिंदै आएको थियो । घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था जोखिम हुने भन्दै गाउँपालिकाले सबैलाई संस्थागत सुत्केरीमा जोड दिएको छ । संस्थागत सुत्केरीका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने र स्वास्थ्यप्रतिको जोखिम पनि कम हुने माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार सुत्केरीको सहजताको लागि गाउँपालिकाले निःशुल्क रुपमा एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क छ, “पोख्रेलले भने, अस्पताल आउन जान कुनै पैसा लाग्दैन् ।”

गाउँघरमा हुने सुत्केरी शुन्य भएपछि प्यूठान जिल्लाको पहिलो गाउँपालिकाको रुपमा माण्डवी गाउँपालिकालाई यहि जेठ २६ गते पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका समेत घोषणा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...