News Portal

रेडियो सुन्नुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

बिबश जि.एम२०८१ असार ४
७२५ पटक
२०८१ असार ४

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको श्रावणदेखि वैशाख महिनासम्म १ सय २४ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक बर्षको वैशाख महिनासम्म माण्डवी गाउँपालिकामा घरमा हुने सुत्केरी शुन्य रहेको पालिकामा कार्यरत सिनियर अहेव नारायण जि.सी ले बताए ।

घरमा हुने सुत्केरीलाई शुन्यमा ल्याउन र सुत्केरीको अवस्थालाई सहज बनाउनको लागि पनि गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नै संस्थागत सुत्केरीलाई जोड दिंदै आएको थियो । घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था जोखिम हुने भन्दै गाउँपालिकाले सबैलाई संस्थागत सुत्केरीमा जोड दिएको छ । संस्थागत सुत्केरीका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने र स्वास्थ्यप्रतिको जोखिम पनि कम हुने माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार सुत्केरीको सहजताको लागि गाउँपालिकाले निःशुल्क रुपमा एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क छ, “पोख्रेलले भने, अस्पताल आउन जान कुनै पैसा लाग्दैन् ।”

गाउँघरमा हुने सुत्केरी शुन्य भएपछि प्यूठान जिल्लाको पहिलो गाउँपालिकाको रुपमा माण्डवी गाउँपालिकालाई यहि जेठ २६ गते पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका समेत घोषणा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...