News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिका अध्यक्ष चढेको गाडी चालक माथी अज्ञात समुहद्धारा आक्रमण

झुलेनी नेटवर्क२०८१ असार १५
४४९ पटक
२०८१ असार १५

झिमरुक गाउँपालिका अध्यक्ष चढेको गाडी चालक माथी अज्ञात समुहले आक्रमण गरेका छन् । शनिबार साझ करिब ५ः५५ को समयमा बाग्दुलाबाट मच्छि जाँदै गरेको भे १ च ३९९३ नं को गाडीमा बाग्दुला पुल नजिकै नचिनेका ४ जनाको समुहले चालकमाथी आक्रमण गरेको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

अध्यक्ष क्षेत्रीका अनुसार मोटरसाईकलमा आएका ४ जनाको समुहले आफु चढेको गाडी चालकमाथी हातपात गर्न खोजेपछि आफुले सम्झाउँदा समेत नमानेर उल्टै आफुलाई दुर्व्यवहार गरेका हुन् । चालकको आँखामा चोट लागेपछि उपचार गरेर चालकले आराम गरेका छन् । अध्यक्ष क्षेत्रीले दिएको जानकारी अनुसार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य दुई जनाको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...