News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८१ श्रावण ११
४३१ पटक
२०८१ श्रावण ११

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल दुर्घटनामा परि निधन भएका रामबहादुर थापा गोपालको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर सांसद थापाले गोपालले अध्ययन गरेको ऐरावती गाउँपालिका–६ बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

“जन्मदिनको अवसरमा यसपालि मैले प्युठानको ऐरावती ६, बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा ५० हजार रूपैंयाको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छु।” सांसद थापाले फेसबुकमा लेखेका छन् – “प्रतिनिधिसभा सदस्यको हैसियतमा एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टा गरी बाकी रकमको अक्षयकोष राखी त्यसबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई रामबहादुर थापा गोपाल स्मृति छात्रवृत्ति प्रदान गरिनेछ।”

मृतक थापा नेकपा एमाले प्युठानका जिल्ला कमिटी सदस्य थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...