News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८१ श्रावण ११
३०३ पटक
२०८१ श्रावण ११

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल दुर्घटनामा परि निधन भएका रामबहादुर थापा गोपालको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर सांसद थापाले गोपालले अध्ययन गरेको ऐरावती गाउँपालिका–६ बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

“जन्मदिनको अवसरमा यसपालि मैले प्युठानको ऐरावती ६, बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा ५० हजार रूपैंयाको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छु।” सांसद थापाले फेसबुकमा लेखेका छन् – “प्रतिनिधिसभा सदस्यको हैसियतमा एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टा गरी बाकी रकमको अक्षयकोष राखी त्यसबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई रामबहादुर थापा गोपाल स्मृति छात्रवृत्ति प्रदान गरिनेछ।”

मृतक थापा नेकपा एमाले प्युठानका जिल्ला कमिटी सदस्य थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...