News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा हैजाका शङ्कास्पद बिरामी फेला, प्रदेश प्रयोगशालाबाट विज्ञको टोली बोलाइयो

झुलेनी नेटवर्क२०८१ श्रावण १८
७०५ पटक
२०८१ श्रावण १८

प्युठान अस्पतालमा हैजाका शङ्कास्पद बिरामी फेला परेका छन् ।

आज बिहान प्युठान अस्पतालमा भर्ना भएका गौमुखी गाउँपालिका वडा नं ५ का ५ जना बिरामी मध्ये ३ जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको प्युठान अस्पताल विजुवारका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताए ।

१२ वर्षीय बालक, ३५ वर्षीय पुरुष र ७२ वर्षीय महिलामा हैजाको शङ्कास्पद बिरामीलाई प्रारम्भिक परीक्षण गरिने आरडिटी पोजेटिभ देखिएपछि प्रदेश प्रयोगशालाबाट विज्ञको टोली बोलाइएको छ । बुटवलबाट टोली हिँडिसकेको डा. पौडेलले बताए । प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि बिरामीको नमुनाको कल्चर गर्नुपर्दछ ।

सोही ठाउँका अरु ३ जना सोही लक्षणको बिरामी परेर स्वास्थ्य चौकी लिवासेमा भर्ना भएका छन् । उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहानको पानी परीक्षण गर्न प्युठान अस्पतालका प्रयोगशाला प्रमुख सहित स्वास्थ्य कार्यालयको टोली गौमुखी गाउँपालिकातर्फ गएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...