News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा हैजाका शङ्कास्पद बिरामी फेला, प्रदेश प्रयोगशालाबाट विज्ञको टोली बोलाइयो

झुलेनी नेटवर्क२०८१ श्रावण १८
४३७ पटक
२०८१ श्रावण १८

प्युठान अस्पतालमा हैजाका शङ्कास्पद बिरामी फेला परेका छन् ।

आज बिहान प्युठान अस्पतालमा भर्ना भएका गौमुखी गाउँपालिका वडा नं ५ का ५ जना बिरामी मध्ये ३ जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको प्युठान अस्पताल विजुवारका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताए ।

१२ वर्षीय बालक, ३५ वर्षीय पुरुष र ७२ वर्षीय महिलामा हैजाको शङ्कास्पद बिरामीलाई प्रारम्भिक परीक्षण गरिने आरडिटी पोजेटिभ देखिएपछि प्रदेश प्रयोगशालाबाट विज्ञको टोली बोलाइएको छ । बुटवलबाट टोली हिँडिसकेको डा. पौडेलले बताए । प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि बिरामीको नमुनाको कल्चर गर्नुपर्दछ ।

सोही ठाउँका अरु ३ जना सोही लक्षणको बिरामी परेर स्वास्थ्य चौकी लिवासेमा भर्ना भएका छन् । उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहानको पानी परीक्षण गर्न प्युठान अस्पतालका प्रयोगशाला प्रमुख सहित स्वास्थ्य कार्यालयको टोली गौमुखी गाउँपालिकातर्फ गएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...