News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा रगत दान गरि युवा दिवस मनाइयो

झुलेनी नेटवर्क२०८१ श्रावण २८
६१७ पटक
२०८१ श्रावण २८

आज २५ औ अन्तर्राष्ट्रिय युवा दिवस प्यूठानमा रक्तदान गरि मनाइएको छ । युवा गैर सरकारी सस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान गरि दिवस मनाइएको हो । प्यूठान अस्पतालमा गरिएको उक्त कार्यक्रममा ८ जना युवाहरुले रगद दान गरेका छन ।
रक्तदान कार्यक्रममा बोल्दै प्यूठान अस्पताल विकास समितीका अध्यक्ष विजय विराज विष्टले देश निर्माण र सञ्चालनको निम्ती यूवाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

साथै यूवाहरुले विदेशमा गएर रगत र पसिना बगाइ कमाएको रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्रमा सहयोय गरेको समेत उनको भनाई थियो । देशमा भएका युवाहरुले यहाँ केही छैन र हुन्न भन्ने भाष्य निर्माणको अन्त्य गर्न युवाको नै ठूलो हात भएको बताउँदै अध्यक्ष बिष्टले विदेशमा जस्तो रगत पसिना स्वदेशमै खर्च गर्नुपर्ने बताए ।त्यस्तै गैर सरकारी महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले पछिल्लो समय यूवाहरुको मुद्धामा केही समाधान भएपनि अझ धेरै मुद्धाहरु नीतिगत रुपमा राज्यले ध्यान दिन नसकेको बताए ।

यूवाहरुको मुद्धा, सवाल र आवाजलाई नीतिगत रुपमा सम्बोधन भएमा मात्र दिगो रुप लिएर यहाँका यूवाहरुले आफ्नो क्षमता, सीप, कलालाई सहित तरिकाले प्रयोग गर्नेसक्ने उनको विश्वास थियो ।


यस्तै प्यूठान अस्पतालका डा. नविन पोख्रेलले ३ महिनामा एक पटक रगत दान गर्दा शरीर स्वस्थ हुने बताएका छन् ।
युवाहरुको समस्यालाई राज्यले समाधान नगरेको खण्डमा यूवालाई अघि बढ्न कठिनाई हुने भन्दै यूवाहरुको मुद्धालाई राज्यले ध्यान दिनुपर्ने बताए ।नेपाल स्वमंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले हालसम्म ६१ पटक रगत दान गरेको बताउँदै सामाजिक सेवामा लाग्न आग्रह गरेका छन् ।रगत दान गर्नेहरुमा धर्मराज अधिकारी माण्डवी १ तिराम, विरेन्द्र शाह मल्लरानी ४ बास्खोला, केमानसिंह थापा प्यूठान नगरपालिका ६, विष्णु गिरी प्यूठान नगरपालिका १० खरिबोट, बोम बहादुर परियार मल्लरानी गाउँपालिका ३ मुन्डाँडा, टेकराज के.सी प्यूठान नगरपालिका ५ , अमर राज रुचाल प्यूठान नगरपालिका ८, र हेमन्त पाठक प्यूठान नगरपालिका ४ जुम्री रहेका छन् ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...