News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा रगत दान गरि युवा दिवस मनाइयो

झुलेनी नेटवर्क२०८१ श्रावण २८
२९३ पटक
२०८१ श्रावण २८

आज २५ औ अन्तर्राष्ट्रिय युवा दिवस प्यूठानमा रक्तदान गरि मनाइएको छ । युवा गैर सरकारी सस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान गरि दिवस मनाइएको हो । प्यूठान अस्पतालमा गरिएको उक्त कार्यक्रममा ८ जना युवाहरुले रगद दान गरेका छन ।
रक्तदान कार्यक्रममा बोल्दै प्यूठान अस्पताल विकास समितीका अध्यक्ष विजय विराज विष्टले देश निर्माण र सञ्चालनको निम्ती यूवाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

साथै यूवाहरुले विदेशमा गएर रगत र पसिना बगाइ कमाएको रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्रमा सहयोय गरेको समेत उनको भनाई थियो । देशमा भएका युवाहरुले यहाँ केही छैन र हुन्न भन्ने भाष्य निर्माणको अन्त्य गर्न युवाको नै ठूलो हात भएको बताउँदै अध्यक्ष बिष्टले विदेशमा जस्तो रगत पसिना स्वदेशमै खर्च गर्नुपर्ने बताए ।त्यस्तै गैर सरकारी महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले पछिल्लो समय यूवाहरुको मुद्धामा केही समाधान भएपनि अझ धेरै मुद्धाहरु नीतिगत रुपमा राज्यले ध्यान दिन नसकेको बताए ।

यूवाहरुको मुद्धा, सवाल र आवाजलाई नीतिगत रुपमा सम्बोधन भएमा मात्र दिगो रुप लिएर यहाँका यूवाहरुले आफ्नो क्षमता, सीप, कलालाई सहित तरिकाले प्रयोग गर्नेसक्ने उनको विश्वास थियो ।


यस्तै प्यूठान अस्पतालका डा. नविन पोख्रेलले ३ महिनामा एक पटक रगत दान गर्दा शरीर स्वस्थ हुने बताएका छन् ।
युवाहरुको समस्यालाई राज्यले समाधान नगरेको खण्डमा यूवालाई अघि बढ्न कठिनाई हुने भन्दै यूवाहरुको मुद्धालाई राज्यले ध्यान दिनुपर्ने बताए ।नेपाल स्वमंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले हालसम्म ६१ पटक रगत दान गरेको बताउँदै सामाजिक सेवामा लाग्न आग्रह गरेका छन् ।रगत दान गर्नेहरुमा धर्मराज अधिकारी माण्डवी १ तिराम, विरेन्द्र शाह मल्लरानी ४ बास्खोला, केमानसिंह थापा प्यूठान नगरपालिका ६, विष्णु गिरी प्यूठान नगरपालिका १० खरिबोट, बोम बहादुर परियार मल्लरानी गाउँपालिका ३ मुन्डाँडा, टेकराज के.सी प्यूठान नगरपालिका ५ , अमर राज रुचाल प्यूठान नगरपालिका ८, र हेमन्त पाठक प्यूठान नगरपालिका ४ जुम्री रहेका छन् ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...