

२०८१ भदौ ८शनिबार प्यूठानको पाँच स्थानीय तहमा विद्युत अनियमित हुने भएको छ । बुटवल पावर कम्पनीद्वारा जलविद्युत केन्द्रदेखि खलंगा सम्म नियमित लाईन पेट्रोलिङ तथा मर्मत कार्य गर्ने भएकाले यी स्थानमा विद्युत आपूर्तिमा समस्या हुने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रज्वल हुमागाईले जानकारी दिए । उनका अनुसार प्यूठान वितरण केन्द्र अन्तर्गतका प्यूठान न.पा, मल्लारानी गा.पा, झिमरुक गा.पा, नौबहिनी गा.पा र गौमुखी गा.पा मा विद्युत सेवा अनियमित हुने भएको हो ।
बुटवल पावर कम्पनीद्वारा जलविद्युत केन्द्रदेखि खलंगा सम्मका विभिन्न स्थानमा रुख काट्ने, सटडाउन गर्नुपर्ने भएकाले विहान ६ः३० देखि बेलुका करिब ५ बजेसम्म मर्मत कार्य हुने प्यूठान वितरण केन्द्रले जनाएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












