News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल : २०८१ भाद्र १२ बुधवार

संकलक : राम प्रसाद सुवेदी२०८१ भाद्र १२
३७३ पटक
२०८१ भाद्र १२

मेष
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

मिथुन

आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

कर्कट
आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।

सिंह

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कन्या

आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।

वृश्चिक

स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

धनु

आज स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

मकर

ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

कुम्भ
आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा पनि उल्झन आउनेछ, तर शेयर बजारले साथ दिनेछ ।

मीन
आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

श्रोत: हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...