News Portal

रेडियो सुन्नुहोस्

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यअवधि १५ दिन थपियो

झुलेनी नेटवर्क२०८१ भदौ १९
२०० पटक
२०८१ भदौ १९

सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ ।

प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको प्रस्ताव पास भएसङ्गै समितिको कार्यअवधि थप भएको हो ।

हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको घोषणा गरेका थिए ।

रास्वपा सभापतिसमेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत दुरूपयोगमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेअनुसार समिति बनेको थियो।

प्रतिनिधि सभाले नेकपा (एमाले) का सांसद थापाको सभापतित्वमा उक्त समिति गठन गरेको थियो। समितिलाई तीन महिने कार्यअवधि तोकिएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...