News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय बाल दिवस प्युठानमा पनि मनाइयो

सरोकारवाला सबैको साझा धारणा हुनुपर्छ: नगरप्रमुख योगी

बिबश जि.एम.२०८१ भदौ २९
८४६ पटक
२०८१ भदौ २९

६० औँ राष्ट्रिय बाल दिवस प्युठानमा पनि मनाइएको छ । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित प्युठानका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइएको छ ।

दिवसकै अवसरमा नेपाल बाल सङ्गठन जिल्ला शाखा प्युठानको आयोजनामा नगरपालिका मावि स्तरीय कविता प्रतियोगिता र प्रावि स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा भएको कार्यक्रमको लागि आर्थिक सहयोग प्यूठान नगरपालिका र नगरपालिका स्तरीय बाल सञ्जालले गरेका थिए।

कार्यक्रममा प्रावि तर्फको खेलकुद प्रतियोगिताको हिसाब दौडमा छात्रामा प्रथम जानकी मा।वि चितिखोलाकी पार्वता पछाई, द्वितीय कन्याकुमारी प्रा।वि की तुलसा वि क,  तेस्रो मुक्ति मा वि रातामाटाकी सिम्रन रोका क्षेत्री र सान्त्वना शारदा मा।वि साँपडाँडाकी सृष्टि परियार भएकी छिन् । प्रतियोगितामा ७ विद्यालयको सहभागिता थियो ।

छात्र तर्फ चम्चा दौडमा प्रथम अम्बिका आधारभूत विद्यालय हरिखोलाका बिरजन धामी, द्वितीय शारदा आधारभूत विद्यालय सापडाँडाका सुजल अधिकारी, तेस्रो सत्य प्रा.वि. सेपुङका अर्जुन सुनार र सान्त्वना कन्याकुमारी प्रा.वि. का चुमान सिं धामी भएका छन् ।

प्यूठान नगरपालिका मा।वि स्तरीय कविता प्रतियोगितामा १३ विद्यालयका विद्यार्थीले भाग लिएका थिए । जसमा प्रथम बिपना रोका ने.रा. मा.वि. टारी, मुक्ति मा.वि. रातामाटाकी सुदिक्षा श्रेष्ठ द्वितीय, शारदा मा.वि. सापडाँडाकी प्रविशा खड्का तेस्रो र सान्त्वना भुवनेश्वरी मा.वि. की सुवानी खड्का भएकी छिन् ।

नेपाल बाल सङ्गठन जिल्ला शाखा प्युठानका सभापति चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लोक बहादुर विष्टले गरेका थिए ।

सरोकारवाला सबैको साझा धारणा हुनुपर्छ: नगरप्रमुख योगी

प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा भएको कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बालबालिकाहरूको हक अधिकार सुनिश्चित गर्न सरोकार राख्ने सबैको भूमिका साझा हुनुपर्ने बताएका छन् ।

हरेक वर्ष मनाइने दिवस र औपचारिक कार्यक्रमले मात्र बालबालिकाको लागि हित नहुने भएकाले यसको लागि ३ वटै सरकार र अभिभावकको मुख्य भूमिका हुने बताएका हुन् ।

यस्तै नगरप्रमुख यागिले सडक बालबालिका रहित बनाउनको लागि सबै बालबालिकालाई शिक्षामा जोड्ने तयारीमा रहेको बताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...