News Portal

रेडियो सुन्नुहोस्

गोरुले कुल्चेर प्युठानमा एक जनाको मृत्यु

झुलेनी नेटवर्क२०८१ असोज ३
४२२ पटक
२०८१ असोज ३

गोरुले कुल्चेर प्युठानमा एक जनाको ज्यान गएको छ ।

स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङका ६७ वर्षीय प्रतिमान खत्रीको बुधवार जुधेर भागेको गोरुले कुल्चेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी. का अनुसार स्थानीय मान बहादुर खत्रीका गोरु जुधेर भाग्ने क्रममा कुल्चिएर प्रतिमानको ज्यान गएको हो ।

‘प्रारम्भिक अनुसन्धानबाट भवितव्य घटना देखिन्छ’ के.सी.ले भने,‘यस विषयमा प्रत्यक्षदर्शी तथा सम्बन्धित सँग  प्रहरीले अनुसन्धान गर्दैछ ।’

बिहीबार प्युठान अस्पतालमा मृतक खत्रीको शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...