News Portal

रेडियो सुन्नुहोस्

गोरुले कुल्चेर प्युठानमा एक जनाको मृत्यु

झुलेनी नेटवर्क२०८१ असोज ३
२४९ पटक
२०८१ असोज ३

गोरुले कुल्चेर प्युठानमा एक जनाको ज्यान गएको छ ।

स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङका ६७ वर्षीय प्रतिमान खत्रीको बुधवार जुधेर भागेको गोरुले कुल्चेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी. का अनुसार स्थानीय मान बहादुर खत्रीका गोरु जुधेर भाग्ने क्रममा कुल्चिएर प्रतिमानको ज्यान गएको हो ।

‘प्रारम्भिक अनुसन्धानबाट भवितव्य घटना देखिन्छ’ के.सी.ले भने,‘यस विषयमा प्रत्यक्षदर्शी तथा सम्बन्धित सँग  प्रहरीले अनुसन्धान गर्दैछ ।’

बिहीबार प्युठान अस्पतालमा मृतक खत्रीको शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...