News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घ थप सङ्कटमा, कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

झुलेनी नेटवर्क२०८१ असोज ५
५६८ पटक
२०८१ असोज ५

नेपाल पत्रकार महासङ्घ थप सङ्कटमा परेको छ ।

असोज १२ का लागि तोकिएको निर्वाचन गराउन नसक्ने स्थिति देखा परेपछि शुक्रवार कार्यवाहक अध्यक्ष रमेश विष्टले समेत राजीनामा दिएका छन् ।

नागरिक समाजको अग्रणी लोकतान्त्रिक संस्था मानिएको नेपाल पत्रकार महासङ्घले तेस्रो पटक तोकिएको मितिमा समेत निर्वाचन गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

कार्य अवधि सकिएपछि विशेष कारणबाहेक समयमै अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने दायित्वबाट चुकेपछि एकपछि अर्को राजीनामा आएको हो ।

अध्यक्ष विपुल पोख्रेलले यसअघि नै राजीनामा दिइसकेका छन् । कार्यवाहक अध्यक्षको हैसियतमा आफैले तोकेको मितिमा समेत निर्वाचन नहुने भएपछि रमेश विष्टले पनि राजीनामा दिए ।

विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै पद रिक्त भएपछि महिला उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...