News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घ थप सङ्कटमा, कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

झुलेनी नेटवर्क२०८१ असोज ५
२५० पटक
२०८१ असोज ५

नेपाल पत्रकार महासङ्घ थप सङ्कटमा परेको छ ।

असोज १२ का लागि तोकिएको निर्वाचन गराउन नसक्ने स्थिति देखा परेपछि शुक्रवार कार्यवाहक अध्यक्ष रमेश विष्टले समेत राजीनामा दिएका छन् ।

नागरिक समाजको अग्रणी लोकतान्त्रिक संस्था मानिएको नेपाल पत्रकार महासङ्घले तेस्रो पटक तोकिएको मितिमा समेत निर्वाचन गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

कार्य अवधि सकिएपछि विशेष कारणबाहेक समयमै अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने दायित्वबाट चुकेपछि एकपछि अर्को राजीनामा आएको हो ।

अध्यक्ष विपुल पोख्रेलले यसअघि नै राजीनामा दिइसकेका छन् । कार्यवाहक अध्यक्षको हैसियतमा आफैले तोकेको मितिमा समेत निर्वाचन नहुने भएपछि रमेश विष्टले पनि राजीनामा दिए ।

विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै पद रिक्त भएपछि महिला उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...