News Portal

रेडियो सुन्नुहोस्

अपराधिक घटना न्युनीकरण गर्न सिसिटिभी जडान

मुख्य इलाका नयाँगाउँ, चकचके बजार र देवीस्थान बजार क्षेत्रमा ८ वटा सिसिटिभी जडान

सागर रिजालप्युठान,६ पुस ।
१७४३ पटक
प्युठान,६ पुस ।

माण्डवी गाउँपालिकाले सिसि टिभी जडान गरेको छ । अपराधिक घटनाहरु घटाउन गाउँपालिकाले सिसिटिभी जडान गरेको हो । प्रविधियुक्त सिसिटिभीको निगरानीबाट व्यक्तिहरुमा मनोवैज्ञानिक असर पु¥याई, अपराध न्यूनीकरण गर्न, अपराधी पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन, सडक नियम उलंघन कार्य निरुत्साहित गर्न, विपत व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले सिसिटिभी जडान गरिएको गाउँ पालिका अध्यक्ष श्रीधर रोकाले बताए ।

गाउँपालिका परिसरमा विशिष्ट व्यक्तिहरुको आवागमन एंव सुरक्षा व्यवस्था मिलाउने लगायतका सुरक्षा र प्राकृतिक विपत सँग सम्बन्धित कार्य गर्न सहज हुने अध्यक्ष रोकाले बताए । उनले भने,‐‘ आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सिसिटिभी क्यामरा सञ्चालनमा ल्याएका हौँ । ’ अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्र चकचके, जस्पुर र देविस्थान क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाइ गाउँपालिकाले प्राथमिकतामा राखेको उनले बताए ।

चार स्थानमा सिसिटिभि जडान
माण्डवी गाउँपालिका भित्र पर्ने चार स्थानमा सिसिटिभी जडान गरिएको छ । गाउँपालिका स्थित मुख्य इलाका नयाँगाउँ, चकचके बजार र देवीस्थान बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन जडान गरिएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । चार स्थानमा ८ वटा सिसिटिभी जडान गरिएको छ । जसमध्ये ५ वडा चकचके र जस्पुर क्षेत्रमा राखिएको छ भने ३ वटा देविस्थानमा राखिएको उनले बताए । सिसिटिभीको निगरानी सम्बन्धित स्थानका प्रहरी बिट र चौकीहरुले गरिरहेका छन् । सिसिटिभी क्यामरा जडानले अपराधिक क्रियाकलापमा संग्लन व्यक्तिहरुमा मानसिक प्रभाव पर्ने गरेको स्थानीयले बताउछन् ।

चार लाख लागतमा सिसिटिभी जडान
गाउँपालिकाले यस आर्थिक वर्षमा ८ वटा सिसिटिभि जडान गरेको गाउँपालिकाका सुचना अधिकारी ज्योतीप्रकाश पौडेलले बताए। रु ४ लाख लागतमा मुख्य बजार इलाकामा टिभी जडान गरिएको हो । आगामी आर्थिक वर्षमा गाउँपालिकाको अनेत्र स्थानमा टिभी जडान गर्ने योजना गाउँपालिकाले गरेको समेत उनले जानकारी दिए ।

अन्य ठाउँमा समेत सिसिटिभीको आवश्यक छ: स्थानिय
गाउँपालिका क्षेत्रका अन्य स्थानहरुमा पनि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरेर निगरानी बढाउनु पर्ने स्थानीयको माग छ । आगामी दिनमा बढ्दो जनगुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन यस गाउँपालिकाको हरेक सार्वजनिक स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने माण्डवी गाउँपालिकाका अध्यक्ष रोकाले बताए । ग्रामीण क्षेत्रका जनताहरुसम्म सार्वजनिक सेवाको पहुँच बढाई सेवा प्रवाहलाई उपलब्धी मूलक बनाउन विद्युतीय सरकार वा डिजिटल हाजिरी समेत गाउँपालिकाले सञ्चालन गरेको रोकाले बताए । आधुनिक युग विज्ञान र प्रविधिको युग हो । उनले भने,‐‘ सूचना प्रविधिको सही सदुपयोग गर्न तर्फ सवैले ध्यान दिन पनि त्यतिकै जरुरी रहेको जानकारहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...