News Portal

रेडियो सुन्नुहोस्

अपराधिक घटना न्युनीकरण गर्न सिसिटिभी जडान

मुख्य इलाका नयाँगाउँ, चकचके बजार र देवीस्थान बजार क्षेत्रमा ८ वटा सिसिटिभी जडान

सागर रिजालप्युठान,६ पुस ।
२१४८ पटक
प्युठान,६ पुस ।

माण्डवी गाउँपालिकाले सिसि टिभी जडान गरेको छ । अपराधिक घटनाहरु घटाउन गाउँपालिकाले सिसिटिभी जडान गरेको हो । प्रविधियुक्त सिसिटिभीको निगरानीबाट व्यक्तिहरुमा मनोवैज्ञानिक असर पु¥याई, अपराध न्यूनीकरण गर्न, अपराधी पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन, सडक नियम उलंघन कार्य निरुत्साहित गर्न, विपत व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले सिसिटिभी जडान गरिएको गाउँ पालिका अध्यक्ष श्रीधर रोकाले बताए ।

गाउँपालिका परिसरमा विशिष्ट व्यक्तिहरुको आवागमन एंव सुरक्षा व्यवस्था मिलाउने लगायतका सुरक्षा र प्राकृतिक विपत सँग सम्बन्धित कार्य गर्न सहज हुने अध्यक्ष रोकाले बताए । उनले भने,‐‘ आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सिसिटिभी क्यामरा सञ्चालनमा ल्याएका हौँ । ’ अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्र चकचके, जस्पुर र देविस्थान क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाइ गाउँपालिकाले प्राथमिकतामा राखेको उनले बताए ।

चार स्थानमा सिसिटिभि जडान
माण्डवी गाउँपालिका भित्र पर्ने चार स्थानमा सिसिटिभी जडान गरिएको छ । गाउँपालिका स्थित मुख्य इलाका नयाँगाउँ, चकचके बजार र देवीस्थान बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन जडान गरिएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । चार स्थानमा ८ वटा सिसिटिभी जडान गरिएको छ । जसमध्ये ५ वडा चकचके र जस्पुर क्षेत्रमा राखिएको छ भने ३ वटा देविस्थानमा राखिएको उनले बताए । सिसिटिभीको निगरानी सम्बन्धित स्थानका प्रहरी बिट र चौकीहरुले गरिरहेका छन् । सिसिटिभी क्यामरा जडानले अपराधिक क्रियाकलापमा संग्लन व्यक्तिहरुमा मानसिक प्रभाव पर्ने गरेको स्थानीयले बताउछन् ।

चार लाख लागतमा सिसिटिभी जडान
गाउँपालिकाले यस आर्थिक वर्षमा ८ वटा सिसिटिभि जडान गरेको गाउँपालिकाका सुचना अधिकारी ज्योतीप्रकाश पौडेलले बताए। रु ४ लाख लागतमा मुख्य बजार इलाकामा टिभी जडान गरिएको हो । आगामी आर्थिक वर्षमा गाउँपालिकाको अनेत्र स्थानमा टिभी जडान गर्ने योजना गाउँपालिकाले गरेको समेत उनले जानकारी दिए ।

अन्य ठाउँमा समेत सिसिटिभीको आवश्यक छ: स्थानिय
गाउँपालिका क्षेत्रका अन्य स्थानहरुमा पनि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरेर निगरानी बढाउनु पर्ने स्थानीयको माग छ । आगामी दिनमा बढ्दो जनगुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन यस गाउँपालिकाको हरेक सार्वजनिक स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने माण्डवी गाउँपालिकाका अध्यक्ष रोकाले बताए । ग्रामीण क्षेत्रका जनताहरुसम्म सार्वजनिक सेवाको पहुँच बढाई सेवा प्रवाहलाई उपलब्धी मूलक बनाउन विद्युतीय सरकार वा डिजिटल हाजिरी समेत गाउँपालिकाले सञ्चालन गरेको रोकाले बताए । आधुनिक युग विज्ञान र प्रविधिको युग हो । उनले भने,‐‘ सूचना प्रविधिको सही सदुपयोग गर्न तर्फ सवैले ध्यान दिन पनि त्यतिकै जरुरी रहेको जानकारहरूको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...