एमाले नेता दीपेन्द्र केसी ले पार्टी परिवर्तन गरी काँग्रेस प्रवेश गरेका छन् ।
विगत ४ वर्षयता केसीको यो चौथो पटकको पार्टी परिवर्तन हो ।
२०७७ फागुन २३ गते तत्कालीन नेकपालाई विघटन गरेर सर्वोच्चले एमाले र माओवादी व्युँत्याएपछि केसी नेकपा एमालेमा थिए। २०७८ भदौ ३ गते नेकपा एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादी बनेपछि उनी एकीकृत समाजवादी तर्फ लागेका थिए ।
एकीकृत समाजवादीमा लागेर उनी जिल्ला सचिवसम्म भए । तर, २ महिनामै २०७८ कार्तिक ७ गते पुनः एमालेमै फर्किएका थिए ।
केसी बुधवार नेपाली काँग्रेस प्रवेश गरेका छन् ।