News Portal

रेडियो सुन्नुहोस्

दुई महिनामै स्वर्गद्वारीमा ६२ हजार पर्यटक

बिबश जि.एम.२०८१ असोज १२
६७४ पटक
२०८१ असोज १२

चालु आर्थिक वर्षको २ महिनामा प्युठानको स्वर्गद्वारीमा ६२ हजार बढी पर्यटक भित्रिएका छन् । साउन र भदौ महिनामा मात्रै ६२ हजार २ सय ४४ जना पर्यटकले दर्शन गरेको  स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार साउन महिनामा भारतीय ३८ हजार १ सय १३ र नेपाली पाँच हजार छ सय ७२ गरी ४३ हजार सात सय ८५ ले दर्शन गरेका छन् ।  भदौमा १२ हजार ७९ भारतीय र ६ हजार तीन सय ८० नेपाली गरी १८ हजार चार ५९ पर्यटक स्वर्गद्वारी आएका हुन् ।

स्वर्गद्वारीमा वैशाखे पूर्णिमा र कार्तिकको पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मालम्बीले साउनको महिनालाई पूजाआजा तथा मन्दिर दर्शनको महिनाका रूपमा  लिने गर्दछन् । त्यसैले यो महिनामा अत्यधिक दर्शनार्थीले स्वर्गद्वारी मन्दिर दर्शन गर्ने गरेको आश्रमले जनाएको छ । अविरल वर्षाका कारण भालुवाङ्ग–प्यूठान सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा गत वर्षभन्दा यो वर्ष केही कम पर्यटक भित्रिएको कोठरी प्रमुख न्यौपानेले बताए । त्यस्तै अघिल्लो वर्ष श्रावणमा ५ वटा सोमवार परेकाले यस वर्ष भन्दा बढी पर्यटक आएको आश्रमको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...