News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा २ घर र प्रहरी ड्युटी बस्ने पोष्ट भत्कियो

शशिधर भण्डारी२०८१ असोज १२
३२४ पटक
२०८१ असोज १२

प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । उनका अनुसार गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेज बहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको हो ।

पीडितहरूलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी ड्युटी बस्ने पोष्ट, पर्खाल र भरिएका हतियारहरू खाली गर्ने ठाउँ समेत भत्किएको छ ।

वर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्युठानका अधिकांश सडक अवरुद्ध रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...