News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुँदै

बिबश जि.एम२०८१ असोज १३
४७० पटक
२०८१ असोज १३

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुने तयारीमा छ ।

जिल्लालाई आर्थिक वर्ष २०८१/०८२ सालसम्म उज्यालो प्यूठान घोषणा गर्ने गरी विद्युत् विस्तारको कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए । दासका अनुसार जिल्लामा ५८ हजार घरमा विद्युत् जडान भइसकेको छ ।

प्युठानको ६४ वटा वडामध्ये २ वटा वडा बाहेक बाँकी सबै वडामा पूर्ण विद्युतीकरण भएको कार्यालय प्रमुख दासको भनाई छ । नौबहिनी गाउँपालिका १ स्याउलिवाङ र गौमुखी गाउँपालिका ३ रजवारामा पूर्णरुपमा विद्युतीकरण भएमा जिल्लाको सबै क्षेत्र विद्युतीकरण हुने प्राधिकरणले जनाएको छ । यो  स्थानमा कार्यालयले पोल गाड्ने र तार तान्ने कामलाई निरन्तर रूपमा अघि बढाएको बताएको छ ।

नौबहिनी १ को स्याउलिवाङमा २ सय ८५ घरमा र गौमुखी ३ रजवारामा २ सय १५ घरमा विद्युतको पहुँच पुगेको छैन । त्यहाँका स्थानीयले हाल लघुजलविद्युत प्रयोग गर्दै आइरहेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...