News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुँदै

बिबश जि.एम२०८१ असोज १३
६६१ पटक
२०८१ असोज १३

प्यूठान जिल्ला पूर्ण विद्युतीकरण हुने तयारीमा छ ।

जिल्लालाई आर्थिक वर्ष २०८१/०८२ सालसम्म उज्यालो प्यूठान घोषणा गर्ने गरी विद्युत् विस्तारको कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए । दासका अनुसार जिल्लामा ५८ हजार घरमा विद्युत् जडान भइसकेको छ ।

प्युठानको ६४ वटा वडामध्ये २ वटा वडा बाहेक बाँकी सबै वडामा पूर्ण विद्युतीकरण भएको कार्यालय प्रमुख दासको भनाई छ । नौबहिनी गाउँपालिका १ स्याउलिवाङ र गौमुखी गाउँपालिका ३ रजवारामा पूर्णरुपमा विद्युतीकरण भएमा जिल्लाको सबै क्षेत्र विद्युतीकरण हुने प्राधिकरणले जनाएको छ । यो  स्थानमा कार्यालयले पोल गाड्ने र तार तान्ने कामलाई निरन्तर रूपमा अघि बढाएको बताएको छ ।

नौबहिनी १ को स्याउलिवाङमा २ सय ८५ घरमा र गौमुखी ३ रजवारामा २ सय १५ घरमा विद्युतको पहुँच पुगेको छैन । त्यहाँका स्थानीयले हाल लघुजलविद्युत प्रयोग गर्दै आइरहेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...