News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी

बिबश जिएम२०८१ असोज १२
९६ पटक
२०८१ असोज १२

प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ ।

विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा जिल्लामा ५ सय ३९ ग्राहकको लाइन काटेको थियो । लाइन काटेकामध्ये ४ सय ९८ ग्राहकले तिर्न बाँकी महसुल २५ लाख ४४ हजार बुझाएका छन् । उठ्नुपर्ने ३० लाख ७९ हजार मध्ये ५ लाख ३५ हजार बाँकी रहेको प्रमुख दासले बताए ।

प्राधिकरणले २ महिनासम्म महसुल नतिर्नेको लाइन काट्ने नियमको व्यवस्था गरेको छ ।  १ सय ८० दिनसम्म महसुल नतिर्नेको लाइन काटिएको प्रमुख दासले बताए । साथै प्राधिकरणको नियमानुसार विद्युत् रिडिङ भएको एक हप्तासम्म २ प्रतिशत छुट, १५ दिनसम्म बिलबमोजिमको महसुल तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै १६ दिनपछि एक महिनासम्म ५ प्रतिशत, ४० दिनसम्म १० प्रतिशत र सो भन्दा लामो समयको बक्यौता रहेमा २५ प्रतिशतसम्म जरिवाना लाग्ने गर्दछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

उद्योग दिवस: प्यूठानका ५२ जना प्रशिक्षार्थीलाई राष्ट्रिय सीप प्रमाण-पत्र प्रदान

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १...

नेकपा एमाले झिमरुक पालिकाको अधिवेशन सम्पन्न

नेकपा (एमाले) झिमरुक गाउँ कमिटिको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले पदम खड्काको...

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ प्यूठानको...

आजको राशिफल: २०८१ मंसिर ९ आइतवार

मेष आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट...

कानुनी उल्झनले कोदोको रक्सि ब्राण्डिङ हुन सकेन: गिरी

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले कानुनी उल्झनका कारण गौमुखी गाउँपालिकाले अघि सारेको कोदोको रक्सी ब्राण्डिङ...