News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी

बिबश जिएम२०८१ असोज १२
९०० पटक
२०८१ असोज १२

प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ ।

विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा जिल्लामा ५ सय ३९ ग्राहकको लाइन काटेको थियो । लाइन काटेकामध्ये ४ सय ९८ ग्राहकले तिर्न बाँकी महसुल २५ लाख ४४ हजार बुझाएका छन् । उठ्नुपर्ने ३० लाख ७९ हजार मध्ये ५ लाख ३५ हजार बाँकी रहेको प्रमुख दासले बताए ।

प्राधिकरणले २ महिनासम्म महसुल नतिर्नेको लाइन काट्ने नियमको व्यवस्था गरेको छ ।  १ सय ८० दिनसम्म महसुल नतिर्नेको लाइन काटिएको प्रमुख दासले बताए । साथै प्राधिकरणको नियमानुसार विद्युत् रिडिङ भएको एक हप्तासम्म २ प्रतिशत छुट, १५ दिनसम्म बिलबमोजिमको महसुल तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै १६ दिनपछि एक महिनासम्म ५ प्रतिशत, ४० दिनसम्म १० प्रतिशत र सो भन्दा लामो समयको बक्यौता रहेमा २५ प्रतिशतसम्म जरिवाना लाग्ने गर्दछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...