News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी

बिबश जिएम२०८१ असोज १२
९१५ पटक
२०८१ असोज १२

प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ ।

विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा जिल्लामा ५ सय ३९ ग्राहकको लाइन काटेको थियो । लाइन काटेकामध्ये ४ सय ९८ ग्राहकले तिर्न बाँकी महसुल २५ लाख ४४ हजार बुझाएका छन् । उठ्नुपर्ने ३० लाख ७९ हजार मध्ये ५ लाख ३५ हजार बाँकी रहेको प्रमुख दासले बताए ।

प्राधिकरणले २ महिनासम्म महसुल नतिर्नेको लाइन काट्ने नियमको व्यवस्था गरेको छ ।  १ सय ८० दिनसम्म महसुल नतिर्नेको लाइन काटिएको प्रमुख दासले बताए । साथै प्राधिकरणको नियमानुसार विद्युत् रिडिङ भएको एक हप्तासम्म २ प्रतिशत छुट, १५ दिनसम्म बिलबमोजिमको महसुल तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै १६ दिनपछि एक महिनासम्म ५ प्रतिशत, ४० दिनसम्म १० प्रतिशत र सो भन्दा लामो समयको बक्यौता रहेमा २५ प्रतिशतसम्म जरिवाना लाग्ने गर्दछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...