News Portal

रेडियो सुन्नुहोस्

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

शशिधर भण्डारी २०८१ असाेज ३०
५६२ पटक
२०८१ असाेज ३०

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल थालेकी छन् ।  जिल्लाका दुर्गम क्षेत्रमा पुगेर सामाजिक समस्या बारे सचेतना अभियान सञ्चालन गर्न थालिएको आचार्यले बताइन ।

भदौ अन्तिम साता प्रजिअको रूपमा प्यूठान आएकी आचार्यले मङ्गलवार प्यूठान नगरपालिका–५ जुम्रीकाँढा स्थित ठुलो गाउँका स्थानीय किशोर, किशोरी, उनीहरूका अभिभावकसँग छलफल अन्तरक्रिया गरेकी छन् । बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत मदिराले निम्त्याउने समस्याहरूको बारेमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिइन । उनले यस्तो अभियान स्थानीय तहसँगको समन्वयमा जिल्लाका सबै स्थानीय तहका दुर्गम बस्तीमा पुग्ने योजना रहेको सुनाइन् ।

‘गाउँको अवस्था र समस्याहरू बुझेर समाधानका प्रयत्न थालेका छौ’ उनले भनिन्, ‘सामाजिक समस्याहरूलाई न्यूनीकरण गर्न समुदायलाई पहिले तयार पार्नु पर्छ ।’ समाजको अन्धविश्वास, अशिक्षा हटाउँदै बहस र पैरवीका माध्यमबाट समस्याहरू समाधान गर्न सकिने प्रजिअले विश्वास व्यक्त गरिन् । पछाडि परेको वर्गमा समुदायको बस्तीमै पुगेर गरिएको कार्यक्रम निकै प्रभावकारी भएको प्यूठान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नन्द बहादुर पुनले बताए ।

जिल्लामा आत्महत्या, बालविवाह, घरेलु हिंसा, बालिका आमा बन्ने समस्याहरू रहेका छन् । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्य सहित जनप्रतिनिधि, प्रहरी, कर्मचारी, स्थानीय अगुवाहरू समेतको सहभागिता रहेको थियो । सहभागीहरूले बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत सामाजिक समस्याहरूलाई समाधानका लागि सबैको ऐक्यबद्धता आवश्यकता रहेको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...