News Portal

रेडियो सुन्नुहोस्

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

शशिधर भण्डारी २०८१ असाेज ३०
३३८ पटक
२०८१ असाेज ३०

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल थालेकी छन् ।  जिल्लाका दुर्गम क्षेत्रमा पुगेर सामाजिक समस्या बारे सचेतना अभियान सञ्चालन गर्न थालिएको आचार्यले बताइन ।

भदौ अन्तिम साता प्रजिअको रूपमा प्यूठान आएकी आचार्यले मङ्गलवार प्यूठान नगरपालिका–५ जुम्रीकाँढा स्थित ठुलो गाउँका स्थानीय किशोर, किशोरी, उनीहरूका अभिभावकसँग छलफल अन्तरक्रिया गरेकी छन् । बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत मदिराले निम्त्याउने समस्याहरूको बारेमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिइन । उनले यस्तो अभियान स्थानीय तहसँगको समन्वयमा जिल्लाका सबै स्थानीय तहका दुर्गम बस्तीमा पुग्ने योजना रहेको सुनाइन् ।

‘गाउँको अवस्था र समस्याहरू बुझेर समाधानका प्रयत्न थालेका छौ’ उनले भनिन्, ‘सामाजिक समस्याहरूलाई न्यूनीकरण गर्न समुदायलाई पहिले तयार पार्नु पर्छ ।’ समाजको अन्धविश्वास, अशिक्षा हटाउँदै बहस र पैरवीका माध्यमबाट समस्याहरू समाधान गर्न सकिने प्रजिअले विश्वास व्यक्त गरिन् । पछाडि परेको वर्गमा समुदायको बस्तीमै पुगेर गरिएको कार्यक्रम निकै प्रभावकारी भएको प्यूठान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नन्द बहादुर पुनले बताए ।

जिल्लामा आत्महत्या, बालविवाह, घरेलु हिंसा, बालिका आमा बन्ने समस्याहरू रहेका छन् । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्य सहित जनप्रतिनिधि, प्रहरी, कर्मचारी, स्थानीय अगुवाहरू समेतको सहभागिता रहेको थियो । सहभागीहरूले बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत सामाजिक समस्याहरूलाई समाधानका लागि सबैको ऐक्यबद्धता आवश्यकता रहेको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...