News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक ५ सोमवार

संकलक: राम प्रसाद सुवेदी २०८१ कार्तिक ५
५३० पटक
२०८१ कार्तिक ५

मेष
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

वृष

आज प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

मिथुन

लाभहानी, आयव्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खानेकुरा खान पाइनेछ ।

कर्कट

आज मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । प्राविधिक क्षेत्र सबल रहनेछ, तर साँझमा खर्च बढ्नेछ ।

सिंह

आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या

आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

तुला

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

वृश्चिक

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । आस्था बढेर जानेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

धनु

आज आस्था बढेर जानेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

मकर

सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ

आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

मीन

आज मठ मन्दिरको भ्रमण हुनसक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ

श्रोत:  हाम्रोपात्रो

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...