News Portal

रेडियो सुन्नुहोस्

फूलसंगै फक्रिएको चेतकलाको खुशी

झुलेनी नेटवर्क२०८१ कार्तिक १७
८५३ पटक
२०८१ कार्तिक १७

तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ ।

माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम का लागि माण्डवी गाउँपालिका–३ लामाचौरकी ४४ वर्षिय चेतकला के.सी.लाई छनोट गरेपछि यो वर्ष उनले चार रोपनी बारीमा फूलखेती गरेकी छिन् । श्रीमान चार वर्षदेखि भारतमा बेपत्ता छन् । नौ कक्षामा पढ्ने छोरा पढाउन र घरखर्च चलाउन फूलखेतीको आम्दानीले सहज हुने चेतकलाको आशा छ ।

गाउँपालिकाले पुष्प खेती अन्तरगत फुलखेतीलाई वेर्ना र प्राविधिक सहयोग गरेको छ । पालिकाले २ जातका फूलका विरुवा उपलब्ध गराएको थियो । अन्य २ जातका फूल आफै खरिद गरेकी छन् । केसीले १ हजार ६ सय फूलका बिरुवा रोपेको बताइन् ।

“श्रीमान् ४ बर्षअघि भारतको पुनामा नोकरी गर्न गएपछि बेपत्ता हुनुभयो । छोरा १५ वर्षको भयो ९ मा पढ्छ । निकै गाह्रो छ ।”–चेतकलाले भनिन् “गाउँपालिकाले प्लाष्टिकका मालामा रोक लगाएपछि फूल विक्रि होला भन्ने आशा छ ।” ५ क्विन्टल फूल फुलाउने लक्ष्य राखेपनि फूलमा रोग लागेकाले ३ क्विन्टल फूल विक्रि हुन योग्य रहेको उनले बताईन् । उनको फूलबारीमा कर्मा, जयकिसान र स्थानीय जातका थुंगे सयपत्री फूल रहेको र हिजोआज धमाधम बिक्री भैहेको उनले बताइन् ।

प्लाष्टिकका मालाको प्रयोगमा निरुत्साहित गर्न पालिकाले वार्षिक कार्यक्रम अन्तरगत फूलखेति कार्यक्रम छनोट गरेको पालिका अध्यक्ष नमराज अधिकारीले बताए । फूलखेती गरिरहेका किसानको ब्यवसायिक प्रवद्र्धन गर्नका लागि प्लाष्टिकका फुल र मालाको प्रयोगमा रोक लगाईएको पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...