News Portal

रेडियो सुन्नुहोस्

सिंचाइमा हचुवाको भरमा बजेट, खर्च गर्नै सकस

बोम बहादुर परियार २०८१ कार्तिक २५
१९ पटक
२०८१ कार्तिक २५

लुम्बिनी प्रदेश सरकारले अध्ययन बिना नै बजेट विनियोजन गर्दा कार्यान्वयन गर्नै सकस हुने गरेको छ । प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विनियोजन गरेको ५५ लाख अध्ययनबिनै विनियोजन गरेका कारण कार्यान्वयन हुन नसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयमा आर्थिक वर्ष २०८०/८१ मा  मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिंचाइ, सिंचाइ आयोजना मर्मत सुधार तथा बिस्तार, जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापनमा मन्त्रालयले बजेट विनियोजन गरेको मध्य विभिन्न बजेट शीर्षकको ५५ लाख रुपैयाँ बजेट कार्यान्वयन गर्न नसकिएको सूचना अधिकारी देवनाथ पण्डितले बताए ।

स्यानी दमार लिफ्ट सिंचाइ योजना प्यूठान नगरपालिका १, १५ लाख , महले टोल लिफ्ट सिंचाइ योजना सरुमारानी गाउँपालिका १, १० लाख , नीलो रह लौरिबाङ सिंचाइ कुलो निर्माण नौबहिनी गाउँपालिका ४,  १० लाख र सुमन्तेचौर तटबन्ध झिमरुक गाउँपालिका २ को २० लाख गरी ५५ लाख बराबरको रकम कार्यान्वयन नभएको पण्डितले बताए ।

प्राविधिक मूल्याङ्कनबिनै हचुवामा योजनाहरूमा न्यून बजेट विनियोजन भएको हुँदा कार्यान्वयनमा कठिनाइ भएको पण्डितले बताए । तटबन्ध गर्न उपयुक्त ठाउँ नदेखेपछि सुमन्तेचौरका लागि विनियोजन भएको बजेट कार्यान्वयन नभएको झिमरुक गाउँपालिका वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले बताए । त्यस्तै निलो रह लौरिबाङ सिंचाइ कुलो निर्माणको योजना अप्ठ्यारो ठाउँमा भएको र अति कम बजेट भएका कारण कार्यान्वयन गर्न नसकिएको वडा अध्यक्ष भिम बहादुर घर्ती मगरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र...

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका...

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय...

प्यूठानमा विगतभन्दा निकै धेरै बजेट व्यवस्थापन गरेका छौँ: सांसद थापा

प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहकारी संस्थाको बचत रकम दुरुपयोग...

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको...