News Portal

रेडियो सुन्नुहोस्

सिंचाइमा हचुवाको भरमा बजेट, खर्च गर्नै सकस

बोम बहादुर परियार २०८१ कार्तिक २५
४८५ पटक
२०८१ कार्तिक २५

लुम्बिनी प्रदेश सरकारले अध्ययन बिना नै बजेट विनियोजन गर्दा कार्यान्वयन गर्नै सकस हुने गरेको छ । प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विनियोजन गरेको ५५ लाख अध्ययनबिनै विनियोजन गरेका कारण कार्यान्वयन हुन नसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयमा आर्थिक वर्ष २०८०/८१ मा  मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिंचाइ, सिंचाइ आयोजना मर्मत सुधार तथा बिस्तार, जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापनमा मन्त्रालयले बजेट विनियोजन गरेको मध्य विभिन्न बजेट शीर्षकको ५५ लाख रुपैयाँ बजेट कार्यान्वयन गर्न नसकिएको सूचना अधिकारी देवनाथ पण्डितले बताए ।

स्यानी दमार लिफ्ट सिंचाइ योजना प्यूठान नगरपालिका १, १५ लाख , महले टोल लिफ्ट सिंचाइ योजना सरुमारानी गाउँपालिका १, १० लाख , नीलो रह लौरिबाङ सिंचाइ कुलो निर्माण नौबहिनी गाउँपालिका ४,  १० लाख र सुमन्तेचौर तटबन्ध झिमरुक गाउँपालिका २ को २० लाख गरी ५५ लाख बराबरको रकम कार्यान्वयन नभएको पण्डितले बताए ।

प्राविधिक मूल्याङ्कनबिनै हचुवामा योजनाहरूमा न्यून बजेट विनियोजन भएको हुँदा कार्यान्वयनमा कठिनाइ भएको पण्डितले बताए । तटबन्ध गर्न उपयुक्त ठाउँ नदेखेपछि सुमन्तेचौरका लागि विनियोजन भएको बजेट कार्यान्वयन नभएको झिमरुक गाउँपालिका वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले बताए । त्यस्तै निलो रह लौरिबाङ सिंचाइ कुलो निर्माणको योजना अप्ठ्यारो ठाउँमा भएको र अति कम बजेट भएका कारण कार्यान्वयन गर्न नसकिएको वडा अध्यक्ष भिम बहादुर घर्ती मगरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...