News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

शशिधर भण्डारी२०८१ कात्तिक २७
११८ पटक
२०८१ कात्तिक २७

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको छ । मङ्गलवार माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले हुलाक कार्यालयको साइनबोर्ड खोलेर उद्घाटन गरेका हुन् ।

गौरव बोकेको हुलाकलाई सरकारी डाँक सेवामा सहजता पुग्ने विश्वास व्यक्त गरे । ‘हुलाक कुरियर सेवामा गई आधुनिकीकरण गर्न सामना गर्ने चुनौती छ, त्यस तर्फ पालिका हुलाकले सेवा प्रवाहमा ध्यान देओस् ’ अधिकारीले भने ।

सरकारले लिएको नीति अनुसार सोमबार स्वर्गद्वारी नगरपालिका र मङ्गलवार माण्डवी गाउँपालिकामा कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय प्यूठानका प्रमुख लाल बहादुर वलीले जानकारी दिए । वलीले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गर्ने बताए ।

उनका अनुसार ९ स्थानीय तह रहेको प्यूठानका ८ वटा पालिकामा पालिका हुलाक र एक पालिकामा जिल्ला हुलाकले नै हेर्ने गरी ९ वटा हुलाक कार्यालय हुनेछन् । मल्लरानी गाउँपालिकामा जिल्ला हुलाक कार्यालय मार्फत सेवा प्रवाह हुनेछ भने अन्य पालिकामा पालिका हुलाकको स्थापना गरिनेछ । जिल्लामा पुराना इलाका हुलाक कार्यालय मार्फत हुलाक सेवा दिइँदै आइएको थियो । ती हुलाकलाई सरकारले खारेज गरेसँगै अव पालिका हुलाकबाट हुलाक सेवा प्रवाह हुनेछन् । सरकारले गत आव देखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

महोत्सवको आकर्षण: डान्स आईडल

महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण...

महोत्सवमा स्वास्थ्य शिविर

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान...

महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी...

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...