News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

शशिधर भण्डारी२०८१ कात्तिक २७
७२३ पटक
२०८१ कात्तिक २७

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको छ । मङ्गलवार माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले हुलाक कार्यालयको साइनबोर्ड खोलेर उद्घाटन गरेका हुन् ।

गौरव बोकेको हुलाकलाई सरकारी डाँक सेवामा सहजता पुग्ने विश्वास व्यक्त गरे । ‘हुलाक कुरियर सेवामा गई आधुनिकीकरण गर्न सामना गर्ने चुनौती छ, त्यस तर्फ पालिका हुलाकले सेवा प्रवाहमा ध्यान देओस् ’ अधिकारीले भने ।

सरकारले लिएको नीति अनुसार सोमबार स्वर्गद्वारी नगरपालिका र मङ्गलवार माण्डवी गाउँपालिकामा कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय प्यूठानका प्रमुख लाल बहादुर वलीले जानकारी दिए । वलीले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गर्ने बताए ।

उनका अनुसार ९ स्थानीय तह रहेको प्यूठानका ८ वटा पालिकामा पालिका हुलाक र एक पालिकामा जिल्ला हुलाकले नै हेर्ने गरी ९ वटा हुलाक कार्यालय हुनेछन् । मल्लरानी गाउँपालिकामा जिल्ला हुलाक कार्यालय मार्फत सेवा प्रवाह हुनेछ भने अन्य पालिकामा पालिका हुलाकको स्थापना गरिनेछ । जिल्लामा पुराना इलाका हुलाक कार्यालय मार्फत हुलाक सेवा दिइँदै आइएको थियो । ती हुलाकलाई सरकारले खारेज गरेसँगै अव पालिका हुलाकबाट हुलाक सेवा प्रवाह हुनेछन् । सरकारले गत आव देखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...