News Portal

रेडियो सुन्नुहोस्

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

झुलेनी नेटवर्क२०८१ कार्तिक २८
४३७ पटक
२०८१ कार्तिक २८

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय तहले हैरानी खेप्नु परेको बताएका छन् ।

सोमबार झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा कार्यक्रममा भण्डारीले शिक्षा र स्वास्थ्य जस्ता संविधानले स्थानीय तहलाई अधिकार दिएको विषयमा गरेको खर्चलाई बेरुजु लेखिदिँदा समस्या खेप्नु परेको बताएका हुन् ।

‘शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रको सुधारका कामहरू समेत बेरुजुमा उल्लेख हुँदै आएको छ । तर यी क्षेत्रहरूमा बजेट खर्च नगरी नहुने हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने । नगरपालिकाले करारमा झन्डै १ सय जना शिक्षक र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई दिएको तलब, चाडबाड खर्च, भत्ताहरू बेरुजु लेखिएको उनले बताए । भण्डारीले प्यूठान नगरपालिकाले बेरुजुलाई प्रत्येक वर्ष नदोहोर्‍याउन आवश्यक पहल गर्दै भण्डारीले बताए ।

आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनबाट देखिएका असुल गर्नुपर्ने बेरुजुको सन्दर्भमा असुलीको लागि पत्राचार समेत गरिएको जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...