News Portal

रेडियो सुन्नुहोस्

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

झुलेनी नेटवर्क२०८१ कार्तिक २८
२३० पटक
२०८१ कार्तिक २८

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय तहले हैरानी खेप्नु परेको बताएका छन् ।

सोमबार झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा कार्यक्रममा भण्डारीले शिक्षा र स्वास्थ्य जस्ता संविधानले स्थानीय तहलाई अधिकार दिएको विषयमा गरेको खर्चलाई बेरुजु लेखिदिँदा समस्या खेप्नु परेको बताएका हुन् ।

‘शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रको सुधारका कामहरू समेत बेरुजुमा उल्लेख हुँदै आएको छ । तर यी क्षेत्रहरूमा बजेट खर्च नगरी नहुने हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने । नगरपालिकाले करारमा झन्डै १ सय जना शिक्षक र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई दिएको तलब, चाडबाड खर्च, भत्ताहरू बेरुजु लेखिएको उनले बताए । भण्डारीले प्यूठान नगरपालिकाले बेरुजुलाई प्रत्येक वर्ष नदोहोर्‍याउन आवश्यक पहल गर्दै भण्डारीले बताए ।

आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनबाट देखिएका असुल गर्नुपर्ने बेरुजुको सन्दर्भमा असुलीको लागि पत्राचार समेत गरिएको जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...