News Portal

रेडियो सुन्नुहोस्

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

शशिधर भण्डारी२०८१ कात्तिक २८
३८६ पटक
२०८१ कात्तिक २८

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र १२ भैलो समूहले कला प्रदर्शन गरेको हुन् ।

दिहाल्ना चौरमा प्रत्येक वर्ष तिहार पछि द्वादशी तिथिमा मेला लाग्ने गर्दछ । २०५४ सालमा स्थानीयको पहलमा सराय र भैलोका संरक्षण सँगै रमाइलोको लागि सुरुवात गरिएको कार्यक्रम २०७४ साल देखि झिमरुक गाउँपालिका वडा नं. ८ ले सञ्चालन गर्दै आएको वडा अध्यक्ष तुलस बस्नेतले जानकारी दिए ।  झिमरुक, गौमुखी र नौबहिनी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने दिहाल्नामा झिमरुक गाउँपालिका ८, नौबहिनी गाउँपालिकाको ४ खवाङ र ६ लुङका युवाहरूले सराय प्रदर्शन गरेका थिए ।

मेलामा भैलो समेत प्रदर्शनी गरिएको हो । नौबहिनी, झिमरुक र गौमुखी गाउँपालिकाका १२ भैलो समूहले भैलो प्रदर्शन गरेका थिए । मेलामा सहभागी समूहलाई ७ हजारका दरले यातायात खर्च वडा कार्यालयले प्रदान गरेको थियो । कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापा, उपाध्यक्ष बिष्णा थापा, गाैमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...