News Portal

रेडियो सुन्नुहोस्

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

शशिधर भण्डारी२०८१ कात्तिक २८
५९२ पटक
२०८१ कात्तिक २८

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र १२ भैलो समूहले कला प्रदर्शन गरेको हुन् ।

दिहाल्ना चौरमा प्रत्येक वर्ष तिहार पछि द्वादशी तिथिमा मेला लाग्ने गर्दछ । २०५४ सालमा स्थानीयको पहलमा सराय र भैलोका संरक्षण सँगै रमाइलोको लागि सुरुवात गरिएको कार्यक्रम २०७४ साल देखि झिमरुक गाउँपालिका वडा नं. ८ ले सञ्चालन गर्दै आएको वडा अध्यक्ष तुलस बस्नेतले जानकारी दिए ।  झिमरुक, गौमुखी र नौबहिनी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने दिहाल्नामा झिमरुक गाउँपालिका ८, नौबहिनी गाउँपालिकाको ४ खवाङ र ६ लुङका युवाहरूले सराय प्रदर्शन गरेका थिए ।

मेलामा भैलो समेत प्रदर्शनी गरिएको हो । नौबहिनी, झिमरुक र गौमुखी गाउँपालिकाका १२ भैलो समूहले भैलो प्रदर्शन गरेका थिए । मेलामा सहभागी समूहलाई ७ हजारका दरले यातायात खर्च वडा कार्यालयले प्रदान गरेको थियो । कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापा, उपाध्यक्ष बिष्णा थापा, गाैमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...