News Portal

रेडियो सुन्नुहोस्

अर्खा–रजवारा जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुलको निर्माण सुरु

 झुलेनी नेटवर्क २०८१ कार्तिक ३०
८५८ पटक
 २०८१ कार्तिक ३०

प्यूठानको सबैभन्दा लामो पुल अर्खा–रजवारा जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुलको निर्माण थालिएको छ ।

गौमुखी गाउँपालिका अर्खाको लामिडाँडा र रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्न आज साइट क्लियर बनाउने काम सुरु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए । शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग अन्तर्तगत सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले अधिकारी-अपर तामाकोसी जेभिलाई पुल निर्माणको ठेक्का दिएको हो । पुल निर्माणको काम जेठ मसान्त सम्ममा सक्ने गरी सम्झौता गरिएको हो । ३ सय ६५ मिटर लम्बाई र १ सय ८० मिटर उचाई रहने उक्त पुलका लागि संघीय सरकारले ३ करोड ७५ लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ । पुल निर्माणले आवतजावत संगै पर्यटन क्षेत्रमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...