News Portal

रेडियो सुन्नुहोस्

अर्खा–रजवारा जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुलको निर्माण सुरु

 झुलेनी नेटवर्क २०८१ कार्तिक ३०
६३५ पटक
 २०८१ कार्तिक ३०

प्यूठानको सबैभन्दा लामो पुल अर्खा–रजवारा जोड्ने ३ सय ६५ मिटर लामो झोलुङ्गे पुलको निर्माण थालिएको छ ।

गौमुखी गाउँपालिका अर्खाको लामिडाँडा र रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्न आज साइट क्लियर बनाउने काम सुरु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए । शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग अन्तर्तगत सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले अधिकारी-अपर तामाकोसी जेभिलाई पुल निर्माणको ठेक्का दिएको हो । पुल निर्माणको काम जेठ मसान्त सम्ममा सक्ने गरी सम्झौता गरिएको हो । ३ सय ६५ मिटर लम्बाई र १ सय ८० मिटर उचाई रहने उक्त पुलका लागि संघीय सरकारले ३ करोड ७५ लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ । पुल निर्माणले आवतजावत संगै पर्यटन क्षेत्रमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...