News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा अर्थिङ टावर बनाउन प्रदेश मन्त्रीलाई मागपत्र पेश

झुलेनी नेटवर्क२०८१ मंसिर १
३१६ पटक
२०८१ मंसिर १

चट्याङ्गको कारण पटक पटक क्षेति भईरहेको गौमुखी गाउँपालिकामा सार्वजनिक अर्थिङ टावर बनाउन मागपत्र पेश गरिएको छ।

वडाअध्यक्ष बरुणध्वज मल्लले शनिवार लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई मागपत्र पेश गरेका हुन्।

विगतमा चट्याङका कारण मानविय र पशुचाैयामा क्षति व्यहाेर्नु परेकाे भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हाे । मागपत्रमा मदाने गाउँपालिका वडा नं. १ देखि गाैमुखि गाउँपालिका वडा नं. ७ जाेड्ने सडक स्तराेन्नतिकाे लागि पनि बजेट माग गरिएको छ। त्यस्तै सुन्तला, एबाेकार्डाे र दाते ओखर खेति प्रबर्द्धन गर्न र ठुलावेसिमा कृषि संकलन केन्द्र भवन बनाउन पनि माग राखिएको हाे ।

गुल्मी जिल्लामा पक्की पुलकाे शिलान्यास गर्न गौमुखी हुँदै गुल्मी जान लागेका मन्त्री ढकाल र पन्थीलाई भेटेर वडाअध्यक्ष मल्लले मागपत्र बुझाएका हुन । मन्त्री ढकालले मागहरु सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...