News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा अर्थिङ टावर बनाउन प्रदेश मन्त्रीलाई मागपत्र पेश

झुलेनी नेटवर्क२०८१ मंसिर १
५८३ पटक
२०८१ मंसिर १

चट्याङ्गको कारण पटक पटक क्षेति भईरहेको गौमुखी गाउँपालिकामा सार्वजनिक अर्थिङ टावर बनाउन मागपत्र पेश गरिएको छ।

वडाअध्यक्ष बरुणध्वज मल्लले शनिवार लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई मागपत्र पेश गरेका हुन्।

विगतमा चट्याङका कारण मानविय र पशुचाैयामा क्षति व्यहाेर्नु परेकाे भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हाे । मागपत्रमा मदाने गाउँपालिका वडा नं. १ देखि गाैमुखि गाउँपालिका वडा नं. ७ जाेड्ने सडक स्तराेन्नतिकाे लागि पनि बजेट माग गरिएको छ। त्यस्तै सुन्तला, एबाेकार्डाे र दाते ओखर खेति प्रबर्द्धन गर्न र ठुलावेसिमा कृषि संकलन केन्द्र भवन बनाउन पनि माग राखिएको हाे ।

गुल्मी जिल्लामा पक्की पुलकाे शिलान्यास गर्न गौमुखी हुँदै गुल्मी जान लागेका मन्त्री ढकाल र पन्थीलाई भेटेर वडाअध्यक्ष मल्लले मागपत्र बुझाएका हुन । मन्त्री ढकालले मागहरु सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...