News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी मन्दिरको प्यागोडा शैलीमा पुनर्निर्माण गरिँदै

शशिधर भण्डारी२०८१ मंसिर ४
३४२ पटक
२०८१ मंसिर ४

स्वर्गद्वारी मन्दिरको पुनर्निर्माण थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक स्वर्गद्वारी महाप्रभु (हंशानन्द गिरी)को समाधि स्थलमा प्यागोडा शैलीमा मन्दिरको पुनर्निर्माण थालिएको हो ।

स्वर्गद्वारी आश्रमको आफ्नै लगानीमा पुरानो मन्दिरको पुनर्निर्माण गर्न थालिएको आश्रमका मुख्य कोठरी तामु प्रसाद न्यौपानेले जानकारी दिए । सोमबार भूमि पूजा गरी मन्दिरको शिलान्यास गरिएको न्यौपानेले बताए ।

मन्दिर शिलान्यास भए पनि डिपिआरले पूर्णता पाइसकेको छैन । करिब १२ देखि १५ करोड लागतमा मन्दिर निर्माण हुने न्यौपानेले बताए । ‘केही डिजाइनहरू आएका छन् सोही अनुसार निर्माण थालेका हौँ’ न्यौपाने भने, ‘भक्तपुरे इट्टा, सुर्की चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ ।’

१ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको मन्दिर निर्माणमा आन्तरिक श्रोत तथा दाताहरूबाट सहयोग लिइने आश्रमले जनाएको छ । मन्दिर निर्माणका लागि १ लाख २५ हजार भन्दा बढी दान दिनेहरूको शिलालेखमा नाम लेख्ने र त्यसभन्दा कम सहयोग गर्नेहरूबाट रसिद दिने व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...