News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी मन्दिरको प्यागोडा शैलीमा पुनर्निर्माण गरिँदै

शशिधर भण्डारी२०८१ मंसिर ४
५२६ पटक
२०८१ मंसिर ४

स्वर्गद्वारी मन्दिरको पुनर्निर्माण थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक स्वर्गद्वारी महाप्रभु (हंशानन्द गिरी)को समाधि स्थलमा प्यागोडा शैलीमा मन्दिरको पुनर्निर्माण थालिएको हो ।

स्वर्गद्वारी आश्रमको आफ्नै लगानीमा पुरानो मन्दिरको पुनर्निर्माण गर्न थालिएको आश्रमका मुख्य कोठरी तामु प्रसाद न्यौपानेले जानकारी दिए । सोमबार भूमि पूजा गरी मन्दिरको शिलान्यास गरिएको न्यौपानेले बताए ।

मन्दिर शिलान्यास भए पनि डिपिआरले पूर्णता पाइसकेको छैन । करिब १२ देखि १५ करोड लागतमा मन्दिर निर्माण हुने न्यौपानेले बताए । ‘केही डिजाइनहरू आएका छन् सोही अनुसार निर्माण थालेका हौँ’ न्यौपाने भने, ‘भक्तपुरे इट्टा, सुर्की चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ ।’

१ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको मन्दिर निर्माणमा आन्तरिक श्रोत तथा दाताहरूबाट सहयोग लिइने आश्रमले जनाएको छ । मन्दिर निर्माणका लागि १ लाख २५ हजार भन्दा बढी दान दिनेहरूको शिलालेखमा नाम लेख्ने र त्यसभन्दा कम सहयोग गर्नेहरूबाट रसिद दिने व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...