News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
४५७ पटक
२०८१ मङ्सिर ९

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ प्यूठानको आयोजनामा शनिवार बाग्दुला स्थित जनता माध्यमिक विद्यालयमा ज्ञान परीक्षा गरिएको हो ।

परिक्षामा प्यूठान नगरपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयका ३ सय ७७ जना विद्यार्थीहरु सहभागी भएको हिन्दु स्वयंसेवक संघ प्यूठानका सञ्चालक शालिग्राम पण्डितले जानकारी दिए ।

परीक्षामा मुक्ती माध्यमिक विद्यालयका प्रविन नेपाली प्रथम, सोही विद्यालयकी प्रभा पुनमगर द्धितिय र धर्मावती मा.वि. लम्च्याङ की रमा घर्तिमगर तृतीय भएका छन् । परिक्षामा १२ जना सन्त्वना भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र १ हजार पुरस्कार प्रदान गरिएको हो ।

पण्डितको अध्यक्षता र जिल्ला अदालत प्यूठानका प्रमुख, न्यायधिस हिरण्य प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ‘संस्कार सस्कृति नै राष्ट्रको प्राण हुन्’ भन्ने स्लोगन सहित माध्यमिक विद्यालयका ६ देखि ११ कक्षासम्मका विद्यार्थीहरुलाई परीक्षमा सहभागि गराइएको हिन्दु स्वयंसेवक संघ प्यूठान सह–सञ्चालक गेहराज पण्डितले जानकारी दिए । उनले पूर्वीय दर्शन, धार्मिक संस्कारमा भएका वैज्ञानिक कुराहरुको अध्ययन गराइ परीक्षा लिइएकोले नयाँ पुस्तालाई धार्मिक तथा दार्शनिक ज्ञानसंगै संस्कारयुक्त नागरिक बनाउन कार्यक्रम महत्वपूर्ण रहेको बताए ।‘धर्म संस्कार रुढीबादी मात्रै नभइ, विज्ञान सम्वत् छन् भन्ने नयाँ पूस्तामा धारणा निर्माण हुनेछ’ पण्डितले भने । धर्मसंस्कार बुढेशकालमा गर्ने भन्ने मान्यता समाजमा रहेकोले राष्ट्र भक्ति , धर्म संस्कृति संरक्षण, नैतिकता वृद्धि, सभ्य र सुस्कृत नागरिक बनाउनु पर्ने उनले बताए ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ को पाठ्यक्रममा विवेकान्नद सम्बन्धित ज्ञान, व्यवहारिक ज्ञान, धर्म र विज्ञान जोडिएका विषय समावेश रहेको पूर्व क्याम्पस प्रमुख समेत रहेको पण्डितले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...